Wooden Type single rroom door

टिम्बर क्राफ्टले नेपालमै उत्पादन गर्ने गुणस्तरीय ढोकाहरु के बाट, कसरी बन्छन ?messenger sharing button

टिम्बर क्राफ्टले नेपालमै उत्पादन गर्ने गुणस्तरीय ढोकाहरु के बाट, कसरी बन्छन ?

टिम्बर क्राफ्ट प्रालि के हो र यसले के गर्छ ?
टिम्बर क्राफ्ट प्रालि एउटा पूर्ण व्यवसायीक कम्पनी हो । यो नेपाल सरकारकाे आधिकारिक निकायहरुमा दर्ता गरेर घर निर्माणमा आवश्यक पर्ने ढोका लगायत घरमा चाहिने अन्य सामानहरु उत्पादन, विक्रि तथा वितरण गर्न खोलिएको  उत्पादनमुलक फर्म हो ।


टिम्बर क्राफ्टमा उत्पादन गरिने ढोकाहरु के बाट बनाइन्छ ?
यी ढोकाहरु विशुद्ध काठबाट बनाईएका हुन्छन् । यसको बाहिरको डिजाइन पनि काठबाट नै बनाइएको हुन्छ । त्यस्तै यसलाई नयाँ डिजाईन दिनको लागि एच डी एफ प्रविधि प्रयोग गरिएको छ । एच डी एफ प्रविधि भनेको काठलाई धुलो बनाएर high compress गरी   बाेडका रूपमा नीकालेर माेल्ड गरी  िडजाइन िनकली , HDF Door skin मेराेलाइटले बनाउद छ ।जुन घाम, पानीले सजिलै बिगार्रन सक्दैन । आधुनिक तरिकाले  यी ढोकाहरु वातावरण मैत्री मैत्री बनाइएकाे छ ।


यसका विशेषताहरु के के छन् ?
पहिलो विशेषता भनेकोे थाेरै काठले राम्रा र बलियो ढोका बनाउन सकिने अाधुनिक  बिधि प्रयाेग गरिन्छ  । यसले जङ्गल विनाश हुनबाट जोगाउंछ ।  कम काठ बाट धेरै ढाेका बनाएर धेरै ढाेकाकाे माग पुरा गर्रन सकिन्छ जसका कारणा जगंल बिनास हुनबाट राेक्छ ।मानौं अन्य तरिकाले ढोका बनाउंदा २ वटा रुखले एउटा घरकाे ढाेका  मात्र बनाउन पुग्छ भने यहांबाट उत्पादन गरिने ढोकाहरुमा एउटै रुखले १० वटा घर बनाउन पुग्ने सस्तो, राम्रो र बलियो ढोका निर्माण गरिन्छ । यसको बाहिरको डिजाइन मेसोनाईट (Masonite- USA)  Multi national  कम्पनीले बनाएको छ ।

त्यसलाई हामी उहीबाट लिएर आउंछौ र नेपालका कुनै पनि काठहरु (Seasoning & treatment) ट्रिटमेन्ट गरेर किराले नखाने, धुलिया नलाग्ने, बाङ्गो टिङ्गो नहुने गरी आधुनिक तरिकाले वातावरणलाई असर नहुने तवरबाट बनाउदछौं । त्यसैले यी ढोकाहरु हल्का, घरको तौललाई कम गर्ने, स्ट्यान्र्डड, अमेरिकन (Americal) फम्र्याट अनुसार बनाइएकोले उपयुक्त छन् ।

यसका उत्पादन फ्याक्ट्रि तथा डिलर कहाँ कहाँ छन ?
यो खास सानो उद्योग भएकाले नवलपरासीमा फ्याक्ट्री छ । त्यहिबाट नेपालका प्राय ठाउंमा पुर्याउने कोशिश गरिरहेका छौं । अहिले उपत्यकाका ३ वटै जिल्लामा (kathmandu,Lalitpur and Bhaktapur) साथै सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, तनहुं, कास्की, पर्सा, वुटवल, धरान, दमक, धनगढीमा डिलरहरु रहेका छन् र ३५ भन्दा बढि जिल्लाबाट नेपालका अधिकांश ठाउंमा विक्रि वितरण भईरहेको छ । गोरखा, सिन्धुपाल्चोक, तनँहु, नुवाकोट आदि जिल्लाबाट माग हुदाँ त्यस क्षत्रलाई केहि सहुलियत दरमा वितरण गरेका छौं ।


ग्राहक सन्तुष्टि कस्तो छ ?
यी ढोकाहरु अत्याधुनिक प्रविधिबाट बनेका छन् । नेपालमा मात्र नभएर साउथ एसियामा नै यस्ता खालका ढोकाहरुको माग बढिरहेको छ । किनकि जंगलबाट काठहरु ल्याउन असहज हुने, बनाउन समय लाग्ने, ज्याला बढि लाग्ने यी विविध कारणले अन्य उत्पादन भन्दा यो उत्पादन राम्रो छ ।

त्यस्तै मुल्यको हिसाबले पनि अन्य उत्पादन भन्दा टिम्बर क्राफ्टका उत्पादनमा ४ गुणाले सस्तो पर्छ । ग्राहकको चाहाना अनुसार माग अनुसार ढोका उत्पादन गर्दै, खोजे जस्तो रोजे जस्तो ढोकाहरु देशभरका डिलरहरु मार्फत अवस्था हेरेर घर घर सम्म पुर्याउदै आएका छौं । १० वर्ष सम्म यसका उत्पादनमा केहि डिफेक्ट भएमा ढोका रिप्लेस पनि गरिदिने भएकोले ग्राहकहरु अत्यन्तै सन्तुष्ट छन् ।

नेपालमै बनेका ढोकाको व्यापार गर्ने तपाईहरु संग विदेशी ढोका आयात गर्नेले के सहकार्य गर्न सक्छन ?
अहिले नेपालमा ठुलाठुला प्रोजेक्टहरु, हाउजिङहरु, अपार्टमेन्टहरु (Housing ,Appartment,Commercial building,Hospital,School ) बनेका तथा बन्दै छन् । पहिला बनेका हाउजिङहरु पनि रनिङमा छन् । उनीहरुलाई ढोकाको ठुलो समस्या छ । उनीहरु पहिलादेखि नै बाहिरबाट ढोका आयात गरिरहेका छन् ।

अब टिम्बर वक्राफ्ट राम्रा, बलियो, सस्तो र आर्कषक ढोका उत्पादन गरेर उनीहरुलाई एकमुष्ट लगानी गरी नेपाली पैसा बाहिर पठाउनु पर्ने समस्याबाट मुक्त गराउदै ढाेका उपलब्ध गरएकाे छ । त्यसकारण विदेशवाट आयात गर्नु भन्दा केहि सस्तो मै नेपालमै बनेको नेपालि उत्पादनलाई आम उपभोक्त माझ पुयाउन ढोका आयातकर्ता व्यवसायीहरुलाइ अनुरोध  पनी टिम्बर क्राफ्रटले गरेकाे छ ।


सांथै, विदेशबाट ढोका खरिद गर्दा एकैपटक धेरै ल्याउनु पर्ने र त्यसका लागि लगानी ठुलो हुने साथै ढोका स्टक पनि रहन सक्छ  याे समस्याकाे सामााधान केहि हद सम्म पुरा गराएकाे छ याे कम्पनीले  । अब टिम्बर क्राफ्टमा सिधै सम्पर्क गरेर उनिहरुलाई चाहिएको  तत्काफ अापश्यक परेकाे ढाेका मात्र खरिद गर्न सक्ने अवस्था भएको छ । मानौं ग्राहकहरुलाई 400 सय वटा ढोका लाग्रने कुनै स अपार्रटमेन्टमा शुररूमा अाबश्यक अनुसार अडर र खरिद  गर्न मिल्छ । त्यसकारण यस कम्पनीले सस्तो, सुलभ र चाहिएको अनुपातमा नै ढोका उपलब्ध गराएको छ । यसले ग्राहकवर्ग देखि राष्ट्रिय स्तरसम्म व्यापार आयात् निर्यातमा सहयोग पुगेको छ ।

अन्त्यमा
हामी घर बनाउदैं छौं र ढोका किन्न गयौं भने एकदमै दरो, भित्तोभन्दा पनि बलियो, ढुङगाभन्दा पनि साह्रो खोज्छौं तर ढोका भनेको के हो भन्दा एउटा कोठाबाट अर्को कोठालाई छुट्याउने पार्टेशनका लागि मात्र हो । यो घरको प्राईवेसी मेन्टेन होस भनेर राखिने पार्टेशन हो । त्यसकारण यस्ता विविध कुरालाई ध्यानमा राखी हामी अत्याधुनिक प्रविधिबाट बनेको तथा सबैलाई मान्य हुने ढोका उत्पादन गर्ने भएकोले यसको माग र बजार पनि अत्याधिक छ ।

 

योगेन्द्रजङ्ग बस्नेत  #YogendraJungBasnet

 

टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजङ्ग बस्नेतसंग गरिएको कुराकानीको सारसंक्षेप ।

Share this post