The Beautiful Panel Door .

टिम्बर क्राफ्टले मनायाे बार्षिकोत्सव, मजदुर र उत्कृष्ट डिलरलाई सम्मान

टिम्बर क्राफ्टले मनायाे बार्षिकोत्सव, मजदुर र उत्कृष्ट डिलरलाई सम्मान

सौराहामा टिम्बर क्राफ्टको बार्षिकोत्सव कार्यक्रम समापन पछि सामुहिक तस्बिर लिंदै सहभागीहरु । तस्विर : सन्दिपमान श्रेष्ठ


काठमाडौं । नेपालमै पहिलाे एचडिएफ प्रविधिबाट बनेका स्किन ढोकाहरुको उत्पादन तथा विक्रि वितरण गर्दै आएको प्रतिष्ठित कम्पनी टिम्बर क्राफ्ट प्रालिले वार्षिकोत्सव मनाएको छ । देशभर रहेका विभिन्न डिलर तथा विक्रेताहरुको उपस्थितिमा चितवनको सौराहामा कम्पनीले वाषिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । विगत ८ वर्ष देखि नेपालमै ढोकाहरुको उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको टिम्बर क्राफ्ट प्रालिले यसरि आयोजना गरेको कार्यक्रममा कम्पनीकी संरक्षक सरस्वती वैद्य, अध्यक्ष सरन वैद्य, प्रबन्ध निर्देशक योगेन्द्रजंग बस्नेत, सञ्चालक तथा निर्देशक सुरत वैद्य, किशोर वैद्य र सनिला वैद्य, विभिन्न डिलरहरुका सञ्चालक तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।

कम्पनीको फ्याक्ट्री रहेको नवलपराशीको गैंडाकोट र सौराहामा छुट्टाछट्टै कार्यक्रम गरिएको थियो । कम्पनीमा उत्कृष्ठ काम गर्ने मजदुरलाई सम्मान गरिनुका साथै, उत्कृष्ठ काम गर्ने तथा ढोकाको बजार विस्तारमा योगदान गर्ने विभिन्न व्याक्ति तथा डिलरहरुलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा कम्पनीका अध्यक्ष सरन वैद्यले मजदुर तथा बजार प्रतिनिधीहरु कै इमान्दारिताले गर्दा कम्पनी यो स्थानमा पुगेको र यसरि सम्मान गर्न पाउदा खुसि लागेको बताए । उनले भने, ‘नेपालमै केहि काम गर्छु भन्नेहरुको लागि टिम्बर क्राफ्ट साथी नै बनेको छ । कम्पनी मार्फत धेरैले रोजगारी पाएका छन । यसमा कम्पनी गर्व गर्दछ ।’ नेपालमै ढोका उत्पादन गरेर प्रतिष्प्रर्धात्मक बजारमा निकै चुनौती रहेपनि कम्पनीले सहज र सरल तरिकाले माग बमोजिम गुणस्तरीय ढोका उत्पादन गर्ने अध्यक्ष वैद्यले प्रस्ट पारे ।

सौराहामा टिम्बर क्राफ्टको बार्षिकोत्सव कार्यक्रममा सहभागीहरु । तस्विर : सन्दिपमान श्रेष्ठ

त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले कम्पनीलाई यहाँसम्म पुरयाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिए । उनले नेपाली उत्पादनलाई माया गर्ने सवै टिम्बर क्राफ्टको सहयात्री भएको र भावी दिनमा सवैको साथ सहयोग बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामी केवल ढोक बेच्नको लागि मात्र उत्पादन गर्दैनौं हामीले उत्पादन गरेका ढोकाले ग्राहक सन्तुष्ट हुनुपर्छ । यो केवल व्यापार हैन यो सेवा पनि हो । जसमार्फत सयौंले रोजगारी पाएका छन ।’ टिम्बर क्राफ्टले उत्पादन गर्ने ढोका नेपाली ब्राण्ड भएकोले आम नेपालीले गर्वकासाथ प्रयोग गर्ने र नेपाली उत्पादनलाई माया गर्ने बताए । बजारको माग पूर्ती गर्न नसकेको बताउदै उनले आगामी दिनमा उत्पादन बढाउने पनि बताए । उपभोक्ताको मन जित्ने गरि काम गर्न सवै डिलर तथा कर्मचारीलाई निर्देशन दिंदै बस्नेतले भने, ‘उपभोक्तालाई गुणस्तरमा प्रश्न उठाउने ठाँउ हामी राख्दैनौं ।’ उनले बदलिंदो समय र आधुनिकतासँगै सामाजिक सञ्जालबाट कसरी उपभोक्तासँग जोडिने भनेर जानकारी समेत दिएका थिए ।

त्यस्तै, बर्षभरिमा सवैभन्दा बढि ढोक बेच्न सफल भएर सम्मानित भएका मनसुन प्लाई बुटबलका सञ्चालक माधव ज्ञवालीले आफूले कसरी सवैभन्दा बढि बेच्न सफल भएँ भनेर अनुभव साँटेका थिए । सो क्रममा उनले विश्वास जित्न सवैभन्दा पहिला टिम्बर क्राफ्टको ढोका बाथरुम वा शौचालयमा प्रयोग गरेर देखाउने गरेको बताए । उनले समस्या पनि अवगत गराएका थिए । त्यस्तै काठमाडौंको कलंकीमा रहेको डिलरका सञ्चालक भिष्म थापाले पनि आफ्नो अनुभव साँटेका थिए । कार्यक्रम सञ्चालन भने पत्रकार केशव भट्टले गरेका थिए । कार्यक्रमको दर्पण दैनिक अनलाईनले प्रत्यक्ष प्रसारण गरेको थियो । wonderful Door tech .

 

Door Tech Nepal

Share this post