पाँच वर्ष अगाडि स्किन ढोकाबारे ग्राहकलाई थाहा नै थिएन, अहिले माग धान्न गाह्रो छ |Now a days Peoples know the benifit of Skin door .
टिम्बर क्रापफ्टकाे बजार प्रतिनिधि संगकाे कुराकानीमा Timber Craft -Itahari branch का संचालक संग गरिएकाे छाेटाे ब्याबसायीक कुराकानी ।
कति समय भयो ढोका व्यपारमा लाग्नु भएको ?
म करिब ४ बर्ष देखि सुनसरीको इटहरीमा ढोकाको व्यापार गर्दै आएको छु । यो भन्दा अगाडि म सेनेटिरी आइटम तथा मार्वलको व्यापार गर्थे । मैले ढोकाको सुरुवात टिम्बर क्राफ्टबाटै गरेको हुँ ।
टिम्बर क्राफ्टसँग कसरी सम्पर्क भयो ?
सुरुमा त म पार्केटबाट अगाडि बढेको हुँ । मैले पार्केटको व्यापार गर्नुपर्यो भनेर बुझदै जादा टिम्बर क्राफ्ट सँग जोडिन पुगेको हुँ । त्यो सँगै ढोका पनि लिए । म अध्ययन गरेर मात्र कुनै काम गर्ने भएकोले मैले सबै बुझें यो कम्पनीको ढोका बेच्न सक्छु भन्ने लागेर नै डिलरको लागि आँटेको हुँ ।
कस्तो छ, बजार तथा ग्राहकको माग ?
पहिला पहिला स्किन डोर के हो भन्ने कसैलाई थाहा नै थिएन, खास विक्रि हुदैनथ्यो । त्यति बेला बजार बनाउन हामी हरेक ग्राहकको ढोका ढोकामा गयौं । सवैलाई जानकारी गरायौं, सवैलाई कन्भिन्स गरायौं । ढोकाको व्यापार गर्नुभन्दा अगाडि मैले केहि साथी सर्कल बनाएको थिएँ । मेरो बोलेको फेल नखाने सर्कल थियो । त्यसकारण पनि खासै अप्ठ्यारो भएन । ग्राहक धेरै किसिमका हुन्छन, उहाँहरुलाई बुझाउन सक्नु, उहाँको मन जित्न सक्नु आफ्नो खुबि हो । प्लाइको ढोका लिन आउनेले टिम्बर क्राफ्टको स्किन ढोका लिएर गएका पनि कतिपयले प्लाइको नै लगेका हुन्छन । टिम्बर क्राफ्टका ढोकाको माग गर्ने ग्राहक बुझेका नै हुन्छन । विदेश बस्ने कोहि आफन्त छन, भने उनीहरुले भनेको भनेर ढोका खोज्दै आउने ग्राहक पनि छन । हाम्रो ढोकाको विज्ञापन विदेशमा बस्ने दाजु भाईहरुले समेत गरिदिनुभएको छ । एउटा घरमा हाम्रो ढोका लगाएमा उहाँहरुले नै हाम्रो विज्ञापन गरिदिनुहुन्छ । ग्राहक फेरि फेरि आउछन ।
तपाईको पहिलो ग्राहको सम्झना छ ?
सुरुमा एउटा ढोका अभियान चलाएका थियौं । एउटा ढोका लगाउनु राम्रो भए फेरि लाउनु भनेर कन्भिन्स गराएर बेचेको थिए । पहिलो चोटि ढोका किन्ने ग्राहकले पानी पर्ने ठाँउ कौशीमै लगाउनु भएको थियो । उहाँले अरुलाई भन्नुभयो एकपछि अर्को गर्दै जानकारी हुदैगएपछि अहिले बजार त निकै राम्रो भएको छ । अहिले मेरो संयोजनबाट ४० भन्दा बढि पसल (सव–डिलर)ले टिम्बर क्राफ्टको ढोका बेच्छन । अहिले हामीले माग धन्न सकेका छैनौं ।
ढोका औसत विक्रि कति छ ?
ढोका नियमित दिन दिनै विक्रि हुने बस्तु होइन । यसरि औसतमा भन्नु पर्दा मासिक ४ सय देखी ५०० काे हाराहारीमा ढोकाहरु विक्रि भइरहेको छ । लकडाउन भए नभए पनि ढोका किन्ने मानिसको कमि छैन । हामीले माग पुर्याउन सकेको अवस्था छैन ।
टिम्बर क्राफ्ट कम्पनीले दिने सेवा सुविधा पाइराख्नु भएको छ ? खुसि हुनुहुन्छ ?
व्यापार भनेको सहकार्यमा हुने कुरा हो । कम्पनी सँग म पनि खुसि छु । कम्पनी पनि खुसी छ । सम्बन्ध हुनुपर्छ । व्यापार भनेको नाफाको लागि नै गर्ने हो ।
टिम्बर क्राफ्टका ढोकाहरुमा गुनासो कतिको आउछ ?
सवै शतपूतिशत ग्राहक सन्तुष्टि नै हुन्छन भन्ने छैन । हामीले भएको सवै कुरा भन्दिनु पर्छ । ग्राहकले खास गुनासो आउदैन । कम्पनीले ढोका दिन नसक्दा अलि असहज चाँहि हुने गरेको छ ।
तपाईले के पढ्नु भएको छ, कसरी ढोका व्यापारमा लाग्नु भयो ?
म पढ्दा पढदै व्यापारमा छिरेको हुँ । पढ्दा पढदै विदेश जाने भुत चढ्यो, अष्ट्रेलिया (Australia) जान खोजे स्टुडेन्ट भिषा (Student Visa) भन्दा अर्कै तरिकाबाट जान खोज्दा असफल भइयो । फिर्ता घर फर्किए । फर्किएपछि के गर्ने कसो गर्ने भयो ? सवैसँग सल्लाह गर्दा पसल गर्ने कुरा भयो । अनि म यता तिर लागे । सुरुमा यहाँ जालि को पसल थियो । मैले ५ लाख बाट व्यापार गरेको हुँ । म व्यापार भन्दा पनि साथीभाई कमाएको छु । साथी भाई छन् भने व्यापारमा सहयोग नै हुन्छ । मेरो घर परिवार खुसि हुनुहुन्छ । अहिले मेरोमा चार जनाले रोजगारी पाउनु भएको छ । अन्तमा मानिसले जीवनमा प्राय एकपल्ट मात्रै घर बनाउछ । कसैले धेरै पनि बनाउला । घर बनाउदा सवैकुरा बुझेर सामाग्री प्रयोग गर्नु वेश हुन्छ ।